४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौंमा विदेशी ब्राण्डका नक्कली मदिरा कारखाना,प्रहरीको छापा नौ जना पक्राउ

काठमाडौंमा विदेशी ब्राण्डका नक्कली मदिरा कारखाना,प्रहरीको छापा नौ जना पक्राउ
अ+ अ-

तस्बिर- विमलबहादुर विष्ट/रासस

काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताउनु भयो । पक्राउ पर्नेहरुमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् । त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ ।

उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्त:शुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । डिएसपी घिमिरेले नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरु उत्पादन गरी कालोबजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो यस कार्यालयको विशेष टोली यो दश महिना २ गते काठमाडौंको मनोहरा नपा वडा नम्बर नम्बर ५ थलीस्थित भरत थापाको दुई तले पक्की घरमा विनोदकुमार कार्कीले भाडामा लिई बसेको कोठामा हामीले त्यहाँ नक्कली मदिराहरु बनाउने इन्फरमेशन पायौं । र, त्यो अनुसार त्यहा गएर हेर्दाखेरी खुकुरी रम, गोल्डेन वेक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोत्तलहरु, आन्तरिक राजश्व विभागको अन्त:शुल्क स्टिकरहरु, लेबलिङ गर्ने सामानहरु, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरु बरामद गरेर यो नौ जना मानिसहरु समेतलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका छौं । यहाँ पक्राउ पर्ने व्यक्तिहरुमा मनोज खत्री । उहाँ चाहीँ अहिलेसम्म यो तेस्रो पटक हो । पहिलो पटक पक्राउ परेर ५० हजार धरौटीमा छुट्नुभएको, दोस्रो पटक फरार हुनुभएको थियो । र अहिले तेस्रो पटक हुनुभएको छ । त्यस्तै विनोदकुमार कार्की वर्षको ३६ को उहाँ पनि तेस्रो पटक हो । दुई चोटीसम्म पक्राउ नपरेको र अहिले उहाँ पक्राउ पर्नुभएको छ । त्यस्तै मोहन खड्का हुनुहुन्छ । गौरव तामाङ भन्ने उहाँ अहिले दोस्रो पटक हो । उहाँहरु नौं जना हुनुहुन्छ । त्यस्तै नक्कली मदिरा बनाउन प्रयोग गरिने सामग्रीहरुमा हामीले के पायौ भने चिनी, पानी, मिश्री तरल पदार्थ । चिनी र पानी मिसाउने अनि कालो हुनेगरी त्यसलाई पकाउनु हुँदो रहेछ । त्यो पाक्दाखेरी जुन त्यो रमको कलर आउँछ । त्यो कलर निकाल्नका लागि एकदम पकाउने र डढाउने गर्नु हुँदो रहेछ । त्यसलाई पक्राउ प्रयोग गर्ने देक्ची, डाडुहरु, सगुन ब्राण्डको मदिरा, बोत्तल सिल गर्न प्रयोग गरिने प्लाष्टिकको रोल, त्यस्तै हियर ड्रायर मेसिन, मदिराका खाली बोत्तलहरु र आन्तरिक राजश्व विभागका अन्त:शुल्क स्टिकरहरु हामीले बरामद गरेका छौं । र भारी मात्रामा मदिराका बिर्कोहरु पनि त्यहाँबाट हामीले बरामद गरेका छौं । र यो गुणस्तरहिन नक्कली मदिराहरु प्रचलित बजारको दरभाउ भन्दा कम मूल्यमा बिक्री गर्ने । र यो अरुभन पनि मान्छेको हेल्थलाई पनि असर गर्ने खालको कुराहरु पनि पाइएको छ । त्यो ठाउँबाट हामीले बरामद गरेको खुकुरी रम २८८ बोत्तल, फाईटर नौं सय बोत्तल पनि बरामद गरिएको छ ।’

प्रहरीको उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको थियो । —न्युज एजेन्सी नेपाल