२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

पेट भरिएको बेला पनि किन भोक लाग्छ ? यस्तो समयमा के गर्ने ?

पेट भरिएको बेला पनि किन भोक लाग्छ ? यस्तो समयमा के गर्ने ?
अ अ+ अ-

काठमाडौं । खाना खाएको निश्चित अवधी भएपछि हामीलाई भोक लाग्छ । भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने संकेत गर्छ । भोक मेट्न खानेकुरा खाइन्छ । तर, खाना खाइसकेपछि पनि खानेकुराको तलतल लाग्न सक्छ । खाना खाए लगत्तै वा केहि समयपछि पुन भोक लाग्छ भने त्यसले के संकेत गर्छ र किन भोक लागेको महसुस हुन्छ रु यसले शारीरिक अवस्थामा केहि गडबड छ भन्ने जनाउँछ । स्वास्थ्यमा केहि न केहि समस्या छ भने नै यस किसिमको अनुभव हुन्छ ।

१) निन्द्रा नपुगेर
शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ । खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ । निन्द्रा नपुगेर अन्य समस्याहरु पनि आउछन् जस्तै मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढ्नु आदि ।

के गर्ने  : पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ ।

२) अत्यधिक तनाव 

सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुने तपाइहरुले महसुस गर्नुभएकै छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुस हुन्छ । मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।

अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ । सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।  अत्यधिक तनाव हुँदा अन्य समस्याहरु पनि खेखिन्छन् । जस्तै, रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या

के गर्ने  : तनाव हटाउनका लागि ध्यान, योग र संगीतको सहारा लिनुपर्छ

३) थाइराइड
थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ । पल्स रेट बढ्नु, हडबडी, अत्यधिक पसीना, कमजोरी र बारम्बार तिर्खा लाग्नु जस्ता अन्य समस्याहरु पनि देख्न सकिन्छ ।

के गर्ने  : एक्सरसाइज गर्ने,  बदाम, ओखर र मरिचको सेवन गर्ने, दुधमा बेसार हालेर पिउने, बिहान खाली पेटमा लौकाको जुस पिउने

४) न्यून रक्तचाप
बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ । आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ । जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र उनीहरुलाई रिस पनि धेरै उठ्छ ।  थकान, टाउको दुख्ने, अत्यधिक पसीना, चक्कर लाग्नु जस्ता अन्य समस्याहरु पनि देखिन्छ ।

के गर्ने  : पौष्टिक खानेकुराका खानुका अलावा पैदल हिँड्ने, साइक्लिङ र स्वीमिङ जस्ता व्यायाम गर्नुस

५) मधुमेह
टाइप  र टाइप २ मधुमेहका रोगीहरुलाई पनि बारम्बार भोक लाग्छ । मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ । मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ ।

यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ । त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ । साथै अत्यधिक तिर्खा, बारम्बार पिसाब आउनु, वजन कम हुनु, आँखाले धमिलो देख्नु र थकान महसुस हुनु जस्ता अन्य समस्याहरु पनि देखिन्छ ।

के गर्ने : ब्लड सुगरको स्तरलाई सँधै नियन्त्रित राखौं

६) आन्द्रामा किरा
अत्यधिक भोक लाग्नुले कहिले काही आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन् । यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ । अन्य समस्याहरु पनि देख्न सकिन्छ जस्तै पेटको दुखाई, वजन कम हुनु, मुखबाट दुर्गन्ध, उल्टी र गुप्तांग चिलाउने

के गर्ने : बारम्बार भोक लाग्नुका साथै तौल पनि कम हुँदै गयो भने उपचार गर्नैपर्छ

७) गर्भावस्था
गर्भावस्थाका दौरानमा धेरै महिलाहरुलाई अत्यधिक भोक लाग्छ, जुन एकदमै सामान्य कुरा हो । जब उनी आफ्नो पेट भर्नका लागि खानेकुरा खान्छिन्, यसबाट उनको गर्भमा हुर्किरहेको शिशुका लागि आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । तर भोक लाग्यो भन्दैमा गर्भवती महिलाले जे पनि खान हुन्न । उनीप्हरुले हरियो सागपात, ताजा फलका साथ ड्राई प्रmुट्स सेवन गर्नुपर्छ । अन्य समस्याहरु, अपच, ग्यास, पेटमा जलन, उल्टी र पेट दुखाई

के गर्ने : पौष्टिक चिज खाने, तर, अत्यधिक खानबाट जोगिने

८) पानीको कमी
जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महसुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन् । त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको । अन्य समस्याहरु, कब्जियत, छालामा रुखोपन, तागतको कमी, पिशाबको कमी र आँखामा सुख्खापन

के गर्ने : डिहाइड्रेसन हुँद्या खानाभन्दा अगाडि एक वा दुई गिलास पानी पिउने

९) रक्सी सेवन
राति खानाका साथै अल्कोहल पनि पिउने व्यक्तिहरुलाई अन्य व्यक्तिहरुको तुलनामा बढि भोक लाग्छ । रक्सी पिउँदा शरीरमा ग्रेलीन नाम हार्मोनको स्तर बढ्छ जसले भोकको महसुस भइरहन्छ । अन्य समस्याहरु खराब पाचन, सुस्त दिमाग, कमजोर स्मरणशक्ति र उच्च रक्तचापको समस्या

के गर्ने : रक्सी छोडिहाल्ने । यसबाट शरीरको वजन पनि नियन्त्रित रहन्छ र राति मिठो निद्रा पनि लाग्छ । (एजेन्सीको सहयोगमा)