२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास



फाईल फोटो
अ+ अ-

कीभ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।

विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताउनुभएको छ ।

उहाँले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताउनुभएको छ ।

सन् २०२२ को फेब्रुवरीदेखि करिब ६३ लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९ लाख मानिस विस्थापित भएका छन् ।