८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

निर्वाचन आचारसंहिता भोलिदेखि

निर्वाचन आचारसंहिता भोलिदेखि
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन भएको भोलिपल्ट माघ १२ गतेसम्म आचारसंहिता लागु हुने छ ।

निर्वाचन आयोगको पदाधिकारी बैठकले निर्वाचन आयोग ऐन र निर्वाचन आचारसंहिता–२०७९ बमोजिम उम्मेदवार, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति तथा निकाय र गैरसरकारी संस्थालाई लागु हुने गरी आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबारदेखि आचारसंहिता लागु हुने जानकारी दिँदै माघ ८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने बताउनुभयो ।

आचारसंहिता अनुसार कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचना बिगार्न वा कुनै प्रकारले थपघट गर्न वा गराउन नहुने, सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने प्रवक्ता पौडेलले बताउनुभयो ।

उम्मेदवार वा राजनीतिक दलको चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन बन्देज लगाइएको छ । आचारसंहिता अनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण वा टिप्प्णी गर्न वा गराउन निषेध गरिएको छ ।

आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री साझा नगर्न सचेत गराएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५१ जना उम्मेदवार छन् । निर्वाचनमा भाग लिन १२ दलले आयोगमा दल दर्ता गराए पनि आठ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

सत्ता पक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालको उम्मेदवार रहने गरी गठबन्धन गरिएको छ । सत्ता पक्षकै जनमत पार्टीले अलग्गै उम्मेदवारी दिएको छ । सत्ताइतरबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । गोरखापत्र