• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ

जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ



जनकपुरधाम । जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आईतवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

चोरी निकासी कार्यमा संलग्न अर्का १ जनाको भने खोजी भईरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताउनु भयो । मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

एसएसपी शर्माले भन्नुभयो, ‘चार वटा गाडीहरु सबैको नक्कली नम्बर राखिएको छ । यी नम्बरमा यी गाडीहरु छैनन् । यी गाडीहरु भन्सार चोरी निकासी गरी नेपाल ल्याइएको हो । नेपालमा यी गाडीहरु विभिन्न व्यक्तिहरुले प्रयोग गरेको हामीले सूचना पायौं । त्यही अनुसार यी गाडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही अगाडि बढाएका छौं ।

यसमा अहिले हाम्रो प्रारम्भिक अनुसन्धानले देखाए अनुसार अन्दाजी ५० वर्षको मोख्तार अन्सारी महोत्तरी जलेश्वर बस्ने यिनले चाहीँ भारतबाट गाडीहरु नेपाल ल्याउने । नेपालमा बसेर विभिन्न ग्राहकहरु खोजी गर्ने बेच्ने जमजम भन्ने वर्ष ४० को अन्सारु कवाली यी दुई जना । र अर्को नाम नखुलेको अर्को व्यक्ति पनि छ । जसलाई हामीले पक्राउ गरेका छैनौं । खोजतलासमा छ ।’

पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी कारबाही शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।