२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डि ब्रुएना चम्किँदा सिटीले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले न्युक्यासललाई उसकै मैदानमा ३ २ गोलले पराजित गरेको हो ।

खेलको २६ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई १-१ गोलको बराबरीमा ल्याए ।

३७ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै न्युक्यासललाई २-१ गोलले अघि बढाए । ११ अगस्टपछि खेलमा फर्किएका सिटीका मिडफिल्डर केभिन डि ब्रुएनाले ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याए । यता, इन्जुरी समयमा ९०+१ मिनेटमा ओस्कार बबले गोल गर्दै सिटीलाई ३-२ गोलले विजयी बनाए ।

बबको गोलमा डि ब्रुएनाको असिस्ट थियो । जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४३ अंक छ । लगातार चार खेलमा पराजित न्युक्यासल भने २१ खेलबाट २९ अंकसहित १० औं स्थानमा छ ।




भर्खरै