२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कपः पुलिस र मधेसको सहज जित



अ+ अ-

काठमाडौँ । रसिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले वागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार पुलिसले वागमतीलाई ६८ रनले हराउँदा रासिदको एक सय ६ रनसँगै बलिङमा पनि दुई विकेट लिए । शनिवार भएका अन्य दुई खेलमा मधेस प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो । दुई सय ८३ रनको लक्ष्य पछ्याएको वागमती ४२.३ ओभरमा दुई सय १४ रनमा समेट्दै पुलिसले सहज जित निकालेको हो । बागमतीका ओपनर आंशुतोष घिरैयाले सर्वाधिक ९२ रनको योगदान गरे । उनले ८७ बलमा ९ चौका र चार छक्का प्रहार गरे ।

इशान पाण्डेले ४४, सोनु देवकोटाले १९, विपिन आचार्यले १७, गौतम केसीले १३ र प्रतिक श्रेष्ठले १० रन जोडे पनि वागमतीको जितका लागि पर्याप्त भएन । पहिलो विकेटका लागि आशुतोष र इशानले ९६ रनको साझेदारी गरे । पुलिसको बलिङमा सागर ढकालले तीन, करण केसी, राशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८२ रनको योगफल बनायो ।

सातौं नम्बरमा आएका रासिदले एक सय १२ बलमा ९ चौका र ६ छक्कासहित एक सय ६ रनमा अविजित रहेपछि पुलिसले विशाल योगफल बनाएको हो । आरिफ शेखले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५७, दीपेन्द्रसिंह ऐरीले २१, सुनिल धमला र अर्जुन साउदले समान २०, करण केसीले १५ र दिलिप नाथले १३ रन बनाए । छैटौं विकेटका लागि रासिद र आरिफले एक सय २० रनको साझेदारी गरे । रिजन ढकाल र सूर्य तामाङले समान तीन तथा गौतम केसी र सोनु देवकोटाले समान एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेसले कोशी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद् शुरुवात गरेको छ । एक सय २८ रनको सामान्य लक्ष्य मधेसले २०.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै एक सय ७९ बल अगावै पूरा ग¥यो । विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेसलाई जित दिलाए । उनको इनिङमा १४ चौका र तीन छक्का रह्यो । कप्तान तथा ओपनर हरिशंकर साहले चार चौकासहित २४ रन जोडे ।

यी दुई बीच ९३ रनको साझेदारी नै मधेशको जितका लागि पर्याप्त भयो । कोसीका सोनु मण्डलले दुई र सुजन थपालियाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा एक सय २७ रनमा अलआउट भयो । कोसीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे । फिर्दोस अन्सारीले ४१ रन बनाए । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यी दुईबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेसका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए । पवन सर्राफ, राजेश यादव र रञ्जीत कुमारले समान २ विकेट लिए । विशाल पटेलको नाममा एक विकेट रह्यो । कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शिर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।




भर्खरै