८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

चिसोले महोत्तरीका दलित बस्तीमा विचल्ली

चिसोले महोत्तरीका दलित बस्तीमा विचल्ली
अ+ अ-

महोत्तरी । पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ । मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन् । पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ । माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ ।

चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा ! शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने धुँवाको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ ।

“यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा ९मुसहर० भन्नुहुन्छ, “बच्चाबच्ची स्याहार्न मुस्किल छ ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरुका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउनुहुन्छ ।

महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । उत्तरीक्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन । झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो । महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन् । अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउनुहुन्छ ।

निरन्तरको चिसोले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । “खै उमेरले भर्खर ६० नाँघियो , यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्नुहुन्छ, “खै परारको (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?” परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झदै यादवले लख काट्नुभयो । बढ्दो जाडोले यसभेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो तानि।।१ हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान् , हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब” जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्थाहरु रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । “बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री भन्नुहुन्छ ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान , अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन , न्यानो ठाउँमा बस्न र घर ओरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गर्एिका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउनुहुन्छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीयतहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरी (सामाजिक संस्था)का अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।” गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीयतहका प्रतिनिधि गुहार्न थालेका छन् । यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीयतह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । “हामीले जिल्लाका १५ वटै स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ”, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण भन्नुहुन्छ, “समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।” पछिल्ला तीन/चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताउनुभयो । गौशाला नगरपालिका–९ मा गरीब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ । रासस