४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एकथरी मान्छे चियापानमा नआउनु राम्रो लक्षण होइन, गुटको भेला गरे कारबाही हुन्छ- प्रधानमन्त्री

एकथरी मान्छे चियापानमा नआउनु राम्रो लक्षण होइन, गुटको भेला गरे कारबाही हुन्छ- प्रधानमन्त्री
अ+ अ-

प्रधानमन्त्री एवं नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे उनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।  आज प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ताका लागि चियापानको आयोजना गर्नुभएको थियो । तर ओली पक्षले आयोजना गरेको सो चियापानमा उपस्थित नहुन नेपाल पक्षले सूचना नै जारी गरेको थियो । 

जसका कारण आज बालुवाटारमा माधव नेपाल र झलनाथ खनाल तथा उनीहरु पक्षका कोही पनि नेता कार्यकर्ता उपस्थित भएका थिएनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापानमा उपस्थित नभएको देखेपछि प्रधानमन्त्रीले यस्तो चेतावनी दिनुभएको हो ।

सो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, पार्टीमा बसेपछि उच्छृङ्खल काम गर्ने छुट कसैलाई छैन, यदि पार्टीको नाम लिएर अलग्गै बैठक या भेला गरकोे पाइएमा कारबाही हुनेछ । 

उहाँले भोली नेपाल र खनाल पक्षले गर्न लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको जानकारी पनि सो अवसरमा दिनुभएको थियो । 

उहाँले भन्नुभयो, ‘अचाक्ली भयो, पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, अब यो कुरा हुन सक्दैन । पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ । अब अनुसाशनहिन काम भयो भने पार्टीको निधान छ, कानुन छ, संविधान छ, संसद नियमावली छ, दलसम्बन्धी कानुन छ, यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले भन्नुभयो– ‘एकथरी अनुहार आज चियापानमा देखिएनन्, यो राम्रो लक्षण हैन । उहाँहरुले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोली गुटगत भेला राख्नुहुन्छ राख्नुहुन्न कतिको तमासा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ ।’