१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

कोशी प्रदेशको नाम संकल्प यात्राको क्रममा जनताबाट पनि अनुमोदित: शंकर पोखरेल

कोशी प्रदेशको नाम संकल्प यात्राको क्रममा जनताबाट पनि अनुमोदित: शंकर पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ ।

नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले सो प्रदेशको नाम अनुमोदन गरेको दाबी गर्नुभयो । यात्राको क्रममाका कोशी प्रदेशको नामाकारको विषयलाई लिएर एमालेलाई छिर्नै नदिने भनि सत्तारुढ दलले समेत गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको पोखरेलले बताउनुभयो ।

कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको उहाँले बताउनुभयो । डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठुला सभा कोशी प्रदेशमा नै भएको उहाँले बताउनुभयो । ‘जनताले आफ्नो सहभागिताद्वारा अतिवाद माथि असहमति जनाए, हाम्रा मान्यतालाई जनताले अनुमोदन गरिदिए, कोशी प्रदेशको नामाकरणको सन्दर्भमा एमालेलाई एक्लाउने खालको जुन प्रयत्न भएको थियो, सत्तामा भएकाले पनि आफैँ निर्णय गर्ने, आफैँ निर्णयबाट पछि हटी अतिवादलाई प्रवर्धन गर्ने जे काम गरिरहेका थिए, जुन कामलाई गलत साबित गरिदिए’, उहाँले भन्नुभयो ।

यात्रा विकास र समृद्धिको पक्षमा काम गर्न महत्त्व राख्ने यात्रा भएको उहाँले बताउनुभयो । मध्यपहाडलाई भविष्यको विकासको आधारशिला बनाउनको लागि समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

यात्राले विकासको नयाँ बहस सुरु गरेको पोखरेलले बताउनुभयो । यात्राको क्रममा एमाले र पार्टी अध्यक्ष प्रति नागरिकको जनताको आस्था र समर्थन रहेको कुरा पुष्टि गरेको उहाँले दाबी गर्नुभयो ।

यस हिसाबले समृद्धिका लागि संकल्प यात्रा मिसन २०८४ को लागि महत्पूर्ण आधार बनेको उहाँले बताउनुभयो । तर त्यसका सन्देश जनताका बिचमा कसरी लगिन्छ भन्ने कुराले पार्टी निर्माणको आधार तयार हुने उहाँले स्पष्ट पार्नुभयो । आफू प्रभावित भएको कुरालाई जनताको बिचमा सहीढंगले लैजान सके मात्र पार्टी बन्ने पोखरेलले बताउनुभयो ।

सरकार असक्षम, नालायक र अकर्मण्य बनेको कुरा पनि जनताका बिचमा सही ढंगले पुर्‍याउनु पर्ने पोखरेलले बताउनुभयो । गठबन्धनका कारण देश समस्यामा परेको उहाँको भनाइ छ । प्रधानमन्त्री बाहिर जाँदा केही राम्रो काम गरेर आउँछन् भन्दा पनि केही गडबडी गरेर आउँछन् भनेर चिन्ता लिने अवस्था रहेको पोखरेलेले टिप्पणी गर्नुभयो । यसकै कारण मुलुकमा निराशा र युवा पलायन बढ्दै गएको पोखरेलको निष्कर्ष छ । ‘समस्याको जड गठबन्धन हो भन्ने सच्चाइएलाई जनताको बिचमा लैजान आवश्यक छ’, उहाँले भन्नुभयो ।

वर्तमान सरकारलाई जनताको जीवनको मूल्य समेत ख्याल नभएको उहाँले टिप्पणी गर्नुभयो । सरकारले जीवनको मूल्य बुझ्न छाडेको कारण निहत्था युवाको हत्या गरेको पोखरेलको टिप्पणी छ । सरकारका मन्त्री र गठबन्धन दलकै तर्फबाट हिंसा भड्काएर ललितपुर र सर्लाहीमा युवाको ज्यान लिने काम भएको उहाँले दाबी गर्नुभयो ।

भारतीय दूतावासलाई २० करोडसम्मका योजना आफूखुसी खर्च गर्न दिएर सरकारले राज्य सञ्चालनको जिम्मा नै भारतीय दूतावासलाई दिने काम गरेको उहाँको टिप्पणी छ । यस्तो सरकारलाई कुर्सीमा बस्ने कुनै नैतिक अधिकार नभएको पोखरेलले बताउनुभयो ।

आज मुलुकलाई कमजोर बनाउन चाहनेहरूले एमालेलाई बाधक ठानिरहेका उहाँले बताउनुभयो । त्यसैले सबैको आक्रमणको केन्द्र नेकपा एमाले नै भएको पोखरेलको भनाइ छ । मुलुकको अस्मिताको रक्षा र जनताको जीवन रक्षाको लागि अब नेकपा एमाले जाग्नु र उठ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।