६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खु खोलामा फोहोरको पत्र : खोँचको फोहोर निकाल्न पानीको प्रेसर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका छन् ।

खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न कठिन थियो । यसकारण सफाइका लागि बोटको प्रयोग गरिएको थियो ।

सरसफाइका लागि ४ वटा जेट मेसिनको प्रयोग भयो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले, ३० जना जनशक्तिले १ सय मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको जानकारी दिनुभयो ।

‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत नदी सफाइको काम भएको हो । कार्यक्रमका फोकल पर्सन सानुमैयाँ महर्जनले भन्नुभयो, ‘नदी सफाइ गर्ने र नदी सभ्यता जोगाउन स्थानीयलाई जागरुक बनाउने कार्यक्रमका क्रियाकलाप हुन् । सफाइ भएका ठाउँमा फेरि फोहोर नगर्न स्थानीयमा सचेतनाका कार्यक्रम चल्नेछन् ।’

तस्विर : कृष्ण कट्टेल / काठमाडौँ महानगरपालिका