७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खु खोलामा फोहोरको पत्र : खोँचको फोहोर निकाल्न पानीको प्रेसर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका छन् ।

खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न कठिन थियो । यसकारण सफाइका लागि बोटको प्रयोग गरिएको थियो ।

सरसफाइका लागि ४ वटा जेट मेसिनको प्रयोग भयो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले, ३० जना जनशक्तिले १ सय मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको जानकारी दिनुभयो ।

‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत नदी सफाइको काम भएको हो । कार्यक्रमका फोकल पर्सन सानुमैयाँ महर्जनले भन्नुभयो, ‘नदी सफाइ गर्ने र नदी सभ्यता जोगाउन स्थानीयलाई जागरुक बनाउने कार्यक्रमका क्रियाकलाप हुन् । सफाइ भएका ठाउँमा फेरि फोहोर नगर्न स्थानीयमा सचेतनाका कार्यक्रम चल्नेछन् ।’

तस्विर : कृष्ण कट्टेल / काठमाडौँ महानगरपालिका