८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

राष्ट्रियसभा सदस्य निर्वाचन: टिकट पाउनेले उम्मेदवारी नै दिएनन्

राष्ट्रियसभा सदस्य निर्वाचन: टिकट पाउनेले उम्मेदवारी नै दिएनन्
अ+ अ-

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराउनुभएन ।

सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताउनुभयो ।

“प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो”, उहाँले भन्नुभयो, “प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।”

ठूला दलबाट उम्मेदवारी दर्ता

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का तर्फबाट छ जनाले निर्वाचन अधिकृतको कार्यालय कैलालीमा आ–आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ नेकपा (माओवादी केन्द्र)की रेनु चन्द, नेकपा (एमाले)की सावित्रादेवी घिमिरे, अन्य समूहतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा ९एमाले०का ईश्वरीप्रसाद खरेल र अपाङ्गता समूहतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र नेकपा ९एमाले०का रामचन्द्र जोशीले मनोनयनपत्र दर्ता गराउनुभयो ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचन मण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिना अघि दुर्घटनामा परी निधन भएको थियो ।

यस्तै प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष गरेर प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

यस्तै पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा (एमाले)र तेस्रो स्थानमा (माओवादी केन्द्र)छ ।