२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ भेटियो



अ+ अ-

काठमाडौँ । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन १ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको हो ।

साथै, कोभिड १९ को नयाँ सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।