८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ: सहिद पत्नी शर्मा

पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ: सहिद पत्नी शर्मा
अ+ अ-

गण्डकी । विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन । नेकपा (माओवादी केन्द्र)ले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उहाँलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । कुश्मा नगरपालिका–१० की शर्माको जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना १६ वर्ष बित्दासमेत पूरा हुन सकेन ।

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक–पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उहाँ निराश भने हुनुभएन । पार्टीले दिएको जिम्मेवारीमा सधँै सक्रिय रहँदै आउनुभयो ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहनुभएकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । सहिद परिवारकी उहाँ आसन्न राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रको उम्मेदवार बन्नुभएको हो ।

“ पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ, म उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचित भएर राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु ।”

कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सधँै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।

“अहिलेको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु ।”

शर्माका पती विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील हुनुहुन्थ्यो ।

४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आउनुभएको हो । उहाँ २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत हुनुभएको थियो ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले महिला ‘कलस्टर’बाट शर्मालाई उम्मेदवार बनाएको सो पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

राजनीतिक सङ्घर्ष र सङ्गठन निर्माणमा पु¥याएको योगदानलाई हेरेर शर्मालाई उम्मेदवार बनाइएको उहाँले बताउनुभयो । सत्ता गठबन्धनमा आबद्ध दलको मतभारलाई हेर्दा शर्माको जित सुनिश्चितजस्तै रहेको इञ्चार्ज पौडेलले उल्लेख गर्नुभयो ।

राष्ट्रियसभामा गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिने भएपछि सो पदमा चुनाव हुन लागेको हो । तीसमध्ये महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रले शर्मालाई उम्मेदवार बनाएको हो । रासस