२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याबिटाटबाट सप्तरीमा चौध वटा घर निर्माण



अ+ अ-

सप्तरीः हिल्टी फाउन्डेसन र ह्याबिटाट फर ह्युमानिटीको सहयोग, सप्तरीका स्थानीय निकायको पहल तथा महुली सामुदायिक विकास केन्द्रले सप्तरीको शम्भुनाथ नगरपालिकाका मुशहर समुदायका लागि १४ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । 

बाँसले बनाइएका यी प्रत्येक घरले ३८ वर्ग मिटर क्षेत्र ओगटेका छन् । सरकारी जमिनमा बनाइएका यी घरहरु १६९ वर्ग मिटर जमिनमा बनेका छन् । 

ह्याबिटाट फर ह्युमानिटी र महुली सामुदायिक विकास केन्द्रको पहलमा भएको घर निर्माणका लागि मुशहर समुदायले जनश्रमदान गरेका थिए । 

हिल्टी फाउन्डेसनको सिमेन्ट फ्रेम बेम्बो टेक्नोलोजी प्रयोग गरेर उक्त घरहरु निर्माण गरिएको हो । फाउन्डेसनका अनुसार यी घरहरु भूकम्प, बाढी र रोगकिरा जस्ता प्राकृतिक विपदहरुबाट जोगाउन मद्दत गर्नेछ । 

मार्च महिनाको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिल्टी–ह्याबिटाट साझेदारी अन्तर्गत अन्य परियोजनाको पनि भ्रमण गर्नु भएको थियो । बिर्तामोडमा पनि ३७ वटा घरहरु बनाइएका थिए ।

ह्याबिटाट फर ह्युमानिटी नेपालकी राष्ट्रिय निर्देशक क्रिस्टी स्टिक्नीले दुई दशकदेखि ह्याबिटाटले स्थानीय समुदाय, गैसस र सरकारी निकायहरुसँग मिलेर स्थानीय समुदायको उत्थानका लागि कार्य गरिरहेको बताउनुभयो ।

हिल्टी फाउन्डेनस र ह्याबिटाट फर ह्युमानिटी इन्टरनेसनलबीच सन् २०१२ देखि साझेदार रहेका छन् । आजसम्म यस साझेदारले विश्वभर ४५ लाख मानिसलाई सेवा गरिसकेको छ भने ९ लाखभन्दा बढी मानिसको जीवन सुधार गरेको छ ।  
 




भर्खरै