२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङल्यान्ड–भारत शृंखला फेरि बराबर, भारतद्वारा इङल्यान्ड ८ रनले पराजित



अ+ अ-

अहमदाबादः भारत र इङल्यान्डबीच बिहीबार खेलिएको २०–२० क्रिकेट खेलमा भारतद्वारा इङल्यान्ड ८ रनले पराजित भएको छ । यो जितसँगै भारत–इङल्यान्डबीचको शृंखला फेरि २–२ को बराबर भएको छ ।

भारतले जितका लागि प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले ८ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो ।

अब यस शृंखलाको एक खेल बाँकी छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ५७, रिषभ पन्तले ३०, श्रेयस ऐयरले ३७ रन बनाएका थिए ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङल्यान्डका लागि जेसन रोयले ४०, जोनी बेयरस्टले २५, बेन स्टोक्सले ४६ रन बनाएका थिए ।

भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिएका थिए भने राहुल चहर र हार्दिक पान्ड्याले २–२ विकेट लिएका थिए ।




भर्खरै