९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता

जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता
अ अ+ अ-

एजेन्सी । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ ।

साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तिब्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले प्रीफेक्चरल अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय शहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको र भत्केको संरचनामा फसेको बताइएको छ । जापानी आत्मरक्षा बलहरूले लगभग ४६ हजार कर्मचारीहरू संलग्न भएका, प्रहरी र दमकल विभागहरूसँग मिलेर बेपत्ताहरूको खोजी र सुरक्षाको पुष्टि गर्नका लागि आफ्नो प्रयासहरू बिस्तार गरेका छन् । क्योडोले जापानको भूस्थानिक सूचना प्राधिकरणको पछिल्लो अनुमानलाई उद्धृत गर्दै, वाजिमा शहरको केन्द्रमा भुइँचालोको क्रममा ठूलो आगलागी भएपछि ४.५ फुटबल मैदान बराबरको करिव ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।

१० भन्दा बढी स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा अत्यावश्यक सामग्रीको डेलिभरी चुनौती बनेको छ । सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।