काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले निश्चित व्यक्त पदमा पुग्न पाउँदा अग्रगमन हुने नपाउँदा प्रतिगमन हुने कुरा जायज नहुने बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट बोल्दै मन्त्री ज्ञावलीले कुनै व्यक्तिको अतृप्त इच्छा पुरा नहुँदैमा प्रगितमन नहुने टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा मन्त्री ज्ञावलीले सरकार तथा नेकपा एमाले संविधानको सर्वाेच्चतालाई स्वीकार गरेको स्पष्ट पार्दै आफू अनुकूल हुँदा लड्डु खाएर रमाउने तर अनुकूल नहुँदा झोक्राएर पनि नबस्ने भन्दै सबै निर्णयलाई सहज रुपमा स्वीकार गर्न आग्रह गर्नुभयो ।
मन्त्री ज्ञावलीले दुबै मुद्दा हारेपनि सरकारले निर्णयहरु कार्यान्वयन गरेर अघि बढेको स्पष्ट पार्दै संसदभित्र बाटै निकास खोज्न सर्वोच्च अदालतले दिएको आदेश प्रति पनि संसद गम्भीर हुनु पर्ने बताउनु भयो ।
मन्त्री ज्ञावलीले अदालतले मिलेर अघि बढ्न समय दिएको पनि स्मरण गराउँदै संसदको यो अधिवेशन जनताका पक्षमा उभिने अपेक्षा गर्नुभयो । उहाँले सरकारले यस बीचमा गरेका कामको फेरिहस्त प्रस्तुत गर्नुभयो ।











