२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण
अ अ+ अ-

पवित्रा घिमिरे 

तानसेन । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न  बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताउनुभयो । 

कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।

जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिनुभयो । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो ।  

छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०÷४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको  छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताउनुभयो । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।  

पुल निर्माणले गति लिँदै

पुल निर्माण शुरु भएको १० वर्षसम्म कालीगण्डकी नदीमा रोकिएको पुल निर्माणले पुनः गति लिन थालेको छ । पाल्पाको रामपुर नगरपालिका–८ भुजातघाट तथा स्याङ्जाको चापाकोट नगरपालिका–९ निर्दिमघाट जोड्ने कालीगण्डकी नदीमा बन्ने मोटरेबल पुलको निर्माण कार्य थालिएको हो ।

प्राविधिक कारण देखाइ ठेकेदारको लापर्वाहीका कारण रोकिएको पुल पुनःनिर्माण कार्य थालिएको पुल निर्माण समितिका उपसंयोजक त्रिलोचन अधिकारीले जानकारी दिनुभयो । कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्राली काठमाडाँैले ठेक्काको जिम्मेवारी पाएको छ । पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

पहिले जमीनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक कारण समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको समितिले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले डिजाइन स्वीकृत गरी निर्माण थालिएको र तीव्र गतिमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुल को स्याङ्जा पाल्पातर्फ एक÷एक वटा र बीचमा गरी तीन वटा पर्खाल निर्माण गरिएको छ । 

यसअघि २०६६÷६७ मा निर्माण शुरु गरिएको पुल निर्माण रोकिएर पुनः थालनीका लागि २०७७ मङ्सिरमा निर्माणको सम्झौता भएको हो । यसअघि रु १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको समितिले जनाएको छ ।

समितिका उपसंयोजक अधिकारीका अनुसार अबको २०७८ असारसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुल निर्माणपछि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा उत्पादित विभिन्न कृषिउपजलाई अन्य क्षेत्रसम्म बिक्रीवितरणका निम्ति पुर्‍याउन सकिने बताउनुभयो । उहाँका अनुसार, कालीगण्डकी करिडोर पनि तीव्र गतिमा निर्माण भइरहेकाले यस क्षेत्रलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने छ ।