१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

प्रतिनिधिसभामा हारेकाहरुको राष्ट्रिय सभामा जान दौडधुप

प्रतिनिधिसभामा हारेकाहरुको राष्ट्रिय सभामा जान दौडधुप
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको चुनाव नजिकिएसँगै उम्मेदबार बन्नेहरुको दौडधुप सुरु भएको छ । राष्ट्रिय सभामा राष्ट्रिय जीवनमा ख्याती कमाएका र वरिष्ठ नागरिकको सभा हुनुपर्ने मान्यता भए पनि कुनै पनि पार्टी त्यस्तो बनाउनेतर्फ देखिएका छैनन् ।

पार्टीका नेताहरुकै दौडधुप यहाँ जानका लागि सुरु भएको छ । नेताहरुमापनि अघिल्लो प्रतिनिधिसभाको निर्वाचन अर्थात् गतवर्ष मात्र चुनाव हारेकाहरु यहाँ जानलाई तँछाडमछाड गरेको देखिएको छ । यस्तो दौडमा सबैभन्दा बढी हारेका कांग्रेस नेताहरू नै अगाडि छन् ।

पार्टीका नेता कृष्णप्रसाद सिटौलाको जोडबल यो दौडमा सबैभन्दा धेरै देखिएको छ । उनलाई पछ्याउँदै छन् सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, पुष्पा भुसाल, भरत शाह र गेहेन्द्र गिरी । यी सबै नेताले गत वर्ष पाँच दल गठबन्धन गरेर गएको चुनावमा पनि हार व्यहोरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्वमहामन्त्री समेत रहीसकेका सिटौलालाई राष्ट्रिय सभामा ल्याउनुपर्ने बताउन थालेका छन् । उनले सिटौलालाई ल्याउनु आफ्नो एक बाध्यता रहेको निकटस्थसँग सुनाउँदै आइरहेको बताइन्छ । उता कांग्रेसका नेता शेखर कोइरालाका निकटस्थहरु भने आफ्नो राजनीतिक सहजताका लागि देउवाले सिटौला अघि सारेको बताएका छन् ।

त्यसो त पूर्वमा कोइरालालाई टक्कर दिने सिटौला बाहेक अर्काे त्यति स्तरको नेता नरहेको र उनलाई राष्टिय सभाको अध्यक्षमा व्यवस्थापन गर्न सके कोइरालालाई पनि राम्रै हुने सुझाव उनी निकले सुझाव दिने गरेका छन् । सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा–३ बाट हारेका थिए । चुनाव हारेलगत्तै राष्ट्रपति बन्न खोजेका उनी सफल नभएपछि यतिबेला राष्ट्रिय सभामा छिर्ने दाउमा छन् ।

उनी त्यहाँ छिरेभने राष्ट्रिय सभाको अध्यक्ष पनि उनी नै हुने निश्चित जस्तै छ । शनिबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्ने सयभन्दा बढी सदस्यले चुनाव हारेका र बारम्बार अवसर पाएकालाई राष्ट्रिय सभामा नलैजान आग्रह गरेका थिए । तर जसले जे भनेपनि पार्टीको १३ र १४ औं महाधिवेशनमा सभापति बनाउन सिटौलाको सहयोग निर्णायक रहेकाले पनि देउवा उनलाई ल्याउने छन् । सिटौला झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लगातार दोस्रो पटक हारेका थिए ।

अर्का नेता शाह पनि रूपन्देही–५ बाट एमालेका वासुदेव घिमिरेसँग हारेका थिए । सुजाता कोइराला मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेलसँग धेरै मत अन्तरले हारेकि थिइन् । त्यसैगरी डिना मकवानपुर–१ बाट राप्रपाका दीपक सिंहसँग, पुष्पा भुसाल एमालेका टोपबहादुर रायमाझीसँग अर्घाखाँचीबाट पराजित भएका थिए । कांग्रेसमा समानुपातिक सूचीमा परेर निर्वाचित हुन नसकेका नेता पनि अहिले राष्ट्रिय सभाका आकांक्षी भएका छन् ।

नेता गोपालमान श्रेष्ठ यसको अग्रपंक्तिमा छन् । पार्टीमा निरन्तर राजनीतिक लाभ लिनेमा पर्ने यी नेता पटक–पटक मन्त्री भइसकेका छन् । श्रेष्ठको दाउ पनि राष्ट्रिय सभामा अध्यक्ष नै बन्ने देखिन्छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ मुस्लिम समूहबाट एक नम्बरमा रहेका सहमहामन्त्री फरमुल्ला मन्सुर पनि राष्ट्रिय सभाका लागि लागेका छन् ।

यो दौडमा माओवादी नेता गिरिराजमणि पोखरेल, नेकपा एसका घनश्याम भुसाल र नेकपा एमालेका प्रमेश हमाल समेत रहेका छन् । निर्वाचन आयोगले कुनै एक निर्वाचनमा हारेको व्यक्ति पाँच वर्षसम्म अर्काे कुनै राजनीतिक लाभ लिने खालको निर्वाचनमा उम्मेदबार हुन नपाइने गरी कानुनको मस्यौदा गरेको छ ।

यसअघि पनि प्रतिनिधिसभामा हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लगत्तै राष्टिय सभामा ल्याउँदा निकै विरोध भएकाले निर्वाचन आयोगले सो कानुनको मस्यौदा गरेको थियो । तर कानुन पास नभएकाले अहिले हारेकाहरु नै उम्मेदबार बन्ने पक्का देखिएको छ । २० जना सांसदको पदावधि फागुन २० बाट सकिँदै छ । यसका लागि माघ ११ गते १९ सिटको निर्वाचन हुनेछ र बाँकी एक सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको पदावधि सकिन लागेको हो ।