२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

युरोपमा लकडाउन : टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

युरोपमा लकडाउन : टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध
अ अ+ अ-

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । 

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ । 

कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्वीट्जरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन् ।

कासेलमा भेला भएका प्रदर्शनकारीले “लकडाउन अन्त्य गर” भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए । 

अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोनाभाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गर्नु भएको छ ।

केही समय मत्थर देखिन थालेको कोरोनाभाइरस सङ्क्रमण पछिल्ला समय पुनः सक्रिय भएको देखिएको छ । अघिल्लो साता विश्वभर कोरोनाभाइरसको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बस्नु भएको र सामान्य लक्षण मात्र देखिएको बताएका छन् ।

फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ । तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरु खुलेका छन् भने सैलुन र चकलेट पसलहरु खुलेका छन् । 

कोभिड विरुद्धको अस्ट्राजेनिका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्नेक्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिनु भएको छ । 

अस्ट्राजेनिका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाई भएको बताउँदै आएको छ । 

जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भन्नुभयो, “हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनिकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई पहिले खोप दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौं ।”

अस्ट्राजेनिकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाई छ । बेलायतले शनिबारसम्म कूल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा एक डोज खोप लगाएको छ ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनिका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्वीडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनिका सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुबैले शुक्रबार अस्ट्राजेनिका खोप लगाउनु भएको छ । 

विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ । “हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,” टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भन्नुभयो, “यो अपरिहार्य निर्णय हो ।”

ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो ।