१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न
अ अ+ अ-

पोखरा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमको समापन सत्रमा बोल्दै महासंघका संघीय महासचिव दिवश किरात राईले तीन दिनसम्म चलेको कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको धारणा राख्नु भयो ।

उहाँले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे विश्वव्यापी चर्चा भइरहेको बताउनुहुँदै नेपालमा सबैभन्दा बढी आदिवासी जनजाति चनाखो हुनुुपर्ने पनि उल्लेख गर्नुभयो। जलावायू परिवर्तनको विषय अहिले हट केकको रुपमा विश्वभर चर्चा र चिन्ता व्यक्त भइरहेको छ, महासचिव राईले भन्नुभयो, ‘यसको प्रभावबाट नेपालका आदिवासी जनजाति समुदाय प्रत्यक्ष ग्रसित हुने देखिएको छ । त्यसैले सचेत हुन आवश्यक छ ।’

हरितगृह ग्यासको वृद्धि भएसँगै जलवायु परिवर्तन भएको बताउनुहुँदै विश्वभर चिन्ताको विषय बनेको बताउनु भयो । ‘यसको प्रभाव नेपालमा मात्रै होइन । अन्य मुलुकमा पनि प्रभाव पर्ने भएकाले यसको न्यूनीकरण र अनुकुलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएको छ ।’

महासचिव राईले जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश हुने बताउदै नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको पहिचान मेटिन सक्ने धारणा राख्नु भएको थियो। तिन दिनसम्म सञ्चालन भएको कार्यशालामा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा गरिएको थियो । उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकुलनहरुबारे छलफल भएको थियो ।

तालिममा नेफिन जलवायु पविर्तन साझदाी कार्यक्रमका निर्देशक टुंग राई, धनमान गुरुङ, छिरिङ वाङ्मो गुरुङ, रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनी, एइएसीका मुक्ति विक्रम क्षेत्री र आइयुसिएनका युवराज गुरागाँई लगायतले प्रशिक्षण दिनु भएको थियो।

गत १० गतेदेखि १२ गतेसम्म लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सञ्चालित राष्ट्रिय कार्यशालामा देशभरबाट २० जना पुरुष र २० जना महिला गरी कुल ४० आदिवासी जनजातिको सहभागिता रहेको थियो ।