४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रपति पौडेल शालग्राम संग्रहालयमा, ब्रह्माण्डीय महायज्ञबारे जानकारी

राष्ट्रपति पौडेल शालग्राम संग्रहालयमा, ब्रह्माण्डीय महायज्ञबारे जानकारी
अ+ अ-

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बुधबार बागलुङ आउनुभएका राष्ट्रपति पौडेल यहाँ आई उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।

बागलुङ नगरपालिका– ४ कुँडुलेमा अवस्थित श्री रङ्गबैंकटेश मुक्तिनारायण मन्दिर संस्कृत पाठशालामा समेत उपस्थित हुनुभई शालग्राम संग्राहलय र मन्दिरको  दर्शन  तथा अवलोकन गर्नुभएको थियो ।

स्वर्गीय षडाचार्य श्रीधराचार्य स्वामीज्यू महाराजका शिष्यरत्न अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीस्वर स्वामी कमलनयनाचार्य र उहाँकै उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यको संरक्षणमा सञ्चालन हुँदै आएको संग्राहालयमा राष्ट्रिपति पौडेल उपस्थित भई त्यहाँ आयोजित एक सभालाई सम्बोधन समेत गर्नुभएको थियो ।

त्यस अवसरमा मुक्तिनाथबाबाले आफ्ना सत्संकल्पबाट आगामी फल्गुण ९ गतेबाट २३ गतेसम्म आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको बारेमा जानकारी गराउँदै सो महायज्ञको शुभारम्भको उद्घाटनमा सहभागिताका लागि राष्ट्रपतिलाई निमन्त्रणा समेत गर्नुभएको थियो ।

संग्रहालय अवलोकन गर्न कुँडुले पुग्नुभएका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गर्नुभएको थियो । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको संग्रह गरेकामा धन्यवाद दिनुभयो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले भन्नुभयो “मैले बागलुङमा धेरै समय बिताएँ मलाई यहाँ आएपछि आफ्नै घर आएजस्तो लाग्छ ।” उहाँले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिनुभयो । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उहाँको भनाइ थियो ।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो– “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पुर्‍याएका हुन ।”

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित सो ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी तीव्र रुपमा गरिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिँदै समग्र नेपालीलाई सो महायज्ञमा सहभागिताका लागि आग्रह गर्दै आउनुभएको छ ।

हिजो बागलुङ्मा सुरु भएको बागलुङ महोत्सवको उद्घाटन कार्यक्रमका बक्ताहरु बागलुङ नगरपालिका प्रमुख वशन्त श्रेष्ठ, बागमती प्रदेशका पर्यटन मन्त्री दीेपेन्द्रबहादुर थापा लगायतले सो महायज्ञको तयारीका आफूहरु पनि लागेको र त्यसमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

फोटो- रासस