२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनका लागि अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन :नेपाली कांग्रेस



अ+ अ-

काठमाडौ  । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । पार्टी  कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उहाँले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “आवश्यकता पर्यो भने बैकल्पिक सरकार दिन्छौ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन । ” बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायत बारे जानकारी गराएको थियो । क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताउनुभयो ।
सोमबार सम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशिल सदस्यताको सम्पुर्ण जानकारी इन्ट्री भईसकेको र त्यसमध्ये नया १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उहाँले जानकारी दिनुभयो । लेखका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पुर्वसन्धयामा नविकरण र नया वितरणका लागि भोली मंगलबारसम्मको समय दिएको थियो ।

 




भर्खरै