२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा बन्द



अ+ अ-

एजेन्सी । फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ ।

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी)ले एक विज्ञप्तिमा जनाएको छ ।

महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ ।

सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् ।

आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।