५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनबाट अपहरणमा परेका दुई नेपालीको उद्धार, ६ भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ । दुई नेपाली अपहरण गरेको आरोपमा ६ जना भारतीय पक्राउ परेका छन् । भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा प्रहरीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पुस ५ गते महतसँगै घरबाट निस्किएका कृष्ण थापाले दुई दिनपछि श्रीमतीलाई भिडियो कल गर्दै आफू अपहरणमा परेको बताएका थिए । उनले आफू अपहरणमा परेको भन्दै ६ लाख रुपैयाँ फिरौती पठाउन भनेका थिए । त्यसपछि पीडितका आफन्त प्रहरीलाई खबर गरेका थिए । मंगलबार भारतीय प्रहरीले उनीहरुको उद्धार गरि रौतहट प्रहरीको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ परेका सबै भारतको सितामढीका हुन् ।
पक्राउ पर्नेमा भारतका राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




भर्खरै