२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनाल भन्छन्: पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।

पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो । बुधवारबाट ललितपुरमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गर्नुभयो । सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराउनु भयो । उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

खनालले भन्नुभयो, ‘अस्तीको छैठौं केन्द्रिय कमिटी बैठकमा मैले एउटा सानोसानो सर्भे गरेको थिए । तपाईहामी नै ७२ परर्सेन्टनै ६० वर्ष माथिका रहेछौं । हामी पनि बुढाखाडा हुन अव धेरै रहेनछ । त्यसो हुनाले युवाहरुलाई हामीले व्यापक रुपमा अगाडि ल्याउनु पर्छ भन्ने प्रश्न यो तथ्यांंकले नै बताइहाल्यो । त्यसो हुनाले अव युवाहरुलाई हामीले प्रोत्साहित गर्नुपर्छ । सामान्य रुपमा ४० प्रतिशतसम्म गरौं भन्ने त आईसकेको छ है । त्यो भन्दा पनि अझै बढी गरौ भन्ने पनि छ ।’

‘तपाईहरुका सुझावहरु यसमा पनि आउनुपर्छ । त्यसै गरेर अव यो उमेरहदको कुरा । यो कुरा हामी नवौं महाधिवेशनतिर राखेका थियौं ७० वर्ष । उमेरहद चाँही राख्यौं तर त्यो भन्दा तलतिरको नेता चाँही जन्माउन सकिएन । यो दखद कुरा छ । उमेरहद राखेर मात्रै हुन्छ कि हुँदैन ? घाट राखिएर यसबाट छिर्न पाईदैन भनेर पुग्छ कि पुग्दैन ? त्यसो हुनाले विचारवान युवाहरुको पंक्ति विकास गर्ने कार्यभारलाई त अव पार्टीले प्र्र्र्र्राथमिकता दिएर जानु पर्नेनै छ । यो महाधिवेशनले पनि युवाहरुलाई व्यापक रुपमा ल्याउनुपर्ने आवश्यक्ता त यसै पनि छदैछ । अब यो उमेरहदकै कुरा चाहीँ के होला भन्ने बारेमा यसै हेर्दाखेरी यसको सान्दर्भिकतानै देखिँदैन । यसको सन्दर्भनै हराईसक्यो । यसलाई लागू पनि गरिएन, केही पनि गरिएन । यसमा पनि कमरेडहरुले सुझाव दिनुपर्‍यो ।’

सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रश्ताव गर्नुभयो । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौति गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।