२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनाल भन्छन्: पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।

पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो । बुधवारबाट ललितपुरमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गर्नुभयो । सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराउनु भयो । उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

खनालले भन्नुभयो, ‘अस्तीको छैठौं केन्द्रिय कमिटी बैठकमा मैले एउटा सानोसानो सर्भे गरेको थिए । तपाईहामी नै ७२ परर्सेन्टनै ६० वर्ष माथिका रहेछौं । हामी पनि बुढाखाडा हुन अव धेरै रहेनछ । त्यसो हुनाले युवाहरुलाई हामीले व्यापक रुपमा अगाडि ल्याउनु पर्छ भन्ने प्रश्न यो तथ्यांंकले नै बताइहाल्यो । त्यसो हुनाले अव युवाहरुलाई हामीले प्रोत्साहित गर्नुपर्छ । सामान्य रुपमा ४० प्रतिशतसम्म गरौं भन्ने त आईसकेको छ है । त्यो भन्दा पनि अझै बढी गरौ भन्ने पनि छ ।’

‘तपाईहरुका सुझावहरु यसमा पनि आउनुपर्छ । त्यसै गरेर अव यो उमेरहदको कुरा । यो कुरा हामी नवौं महाधिवेशनतिर राखेका थियौं ७० वर्ष । उमेरहद चाँही राख्यौं तर त्यो भन्दा तलतिरको नेता चाँही जन्माउन सकिएन । यो दखद कुरा छ । उमेरहद राखेर मात्रै हुन्छ कि हुँदैन ? घाट राखिएर यसबाट छिर्न पाईदैन भनेर पुग्छ कि पुग्दैन ? त्यसो हुनाले विचारवान युवाहरुको पंक्ति विकास गर्ने कार्यभारलाई त अव पार्टीले प्र्र्र्र्राथमिकता दिएर जानु पर्नेनै छ । यो महाधिवेशनले पनि युवाहरुलाई व्यापक रुपमा ल्याउनुपर्ने आवश्यक्ता त यसै पनि छदैछ । अब यो उमेरहदकै कुरा चाहीँ के होला भन्ने बारेमा यसै हेर्दाखेरी यसको सान्दर्भिकतानै देखिँदैन । यसको सन्दर्भनै हराईसक्यो । यसलाई लागू पनि गरिएन, केही पनि गरिएन । यसमा पनि कमरेडहरुले सुझाव दिनुपर्‍यो ।’

सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रश्ताव गर्नुभयो । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौति गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।