२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं: माधव नेपाल



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले १० औं महाधिवेशन गर्न लागेको बताए ।

नेकपा एमालेबाट फुटेर नयाँ पार्टी बनाएको भएपनि उत्तराधिकारी आफ्नो पार्टी भएको बताउदै उनले भने, ‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं ।’