२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्धारा शालिग्राम सङ्ग्राहलयको अवलोकन



अ+ अ-

बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको छ ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलोपटक यहाँ आउनुभएको हो । यो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।

उहाँ मन्दिर पुग्नुहुँदा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले आजै यहाँस्थित शालिग्राम सङ्ग्राहलयको अवलोकन गर्नुभयो ।

केहीबेरपछि राष्ट्रपति पौडेलले गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को एक समारोहका बीच समुद्घाट्न गर्नुहुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल आजै राजधानी फर्कनुहुनेछ ।