४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

याङवरक खानेपानीः आवश्यक बजेट रु चार करोड, उपलब्ध रु ३० लाख

याङवरक खानेपानीः आवश्यक बजेट रु चार करोड, उपलब्ध रु ३० लाख
अ+ अ-

–रवीन्द्र काफ्ले

पाँचथर । याङवरक गाउँपालिकामा सञ्चालित याङवरक, ठिङ्गेपुर, वसुम र चिण्डेअसिने खानेपानी आयोजनाका लागि चालु आर्थिक वर्षमा करीब रु चार करोड बजेट आवश्यक भएपनि पर्याप्त बजेट निकासा हुन सकेको छैन । याङवरक–१, २ र ४ मा सञ्चालित यी योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तयारी थियो । तयारीअनुसारकै बजेट कार्यालयले प्रस्ताव ग¥यो तर भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ ले आयोजना सम्पन्न गर्न पुग्ने बजेट नरहेको भन्दै रु ३० लाख बजेट छुट्यायो । पूरा हुने चरणमा रहेका खानेपानी आयोजनाहरुमा उक्त रकमबाट सामग्री ढुवानी गर्नसमेत नपुग्ने अवस्था छ । 
    
फालेलुङ गाउँपालिकाका आधा दर्जन वडालाई समेट्ने तालखर्क, फोक्टे, ताङलेपा, एकतीनलगायत खानेपानी आयोजनाहरु गत आर्थिक वर्षमा शुरु भएका थिए । आगामी आव २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएका यी योजनाहरुमा चालु आवमा ठूलो बजेट आवश्यक थियो । डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहका अनुसार मुख्य पूर्वाधारका काम चालु आवमा सम्पन्न गर्दा रु २० करोडभन्दा बढी बजेट आवश्यक थियो । तर यस वर्ष जम्मा रु ४० लाख बजेट प्राप्त भएको छ । 

यी प्रतिनिधि उदाहरण जस्तै पाँचथर र ताप्लेजुङ जिल्लामा प्रदेश सरकारबाट निर्माणाधीन अधिकांश खानेपानी आयोजनामा बजेटको अभाव छ । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका फाक्तेप, रविबजार, सिदिन, नवमीडाँडा, पौवासारताप, रानीटार, दुर्दिम्बा, राँकेबजार, ओगेम्बा सिकारेलगायत दुई दर्जनभन्दा बढी सानाठूला खानेपानी आयोजनामा यस वर्ष बजेट शून्य छ । डिप बोरिङका चारवटा आयोजनामा समेत बजेट शून्य छ । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित खानेपानी आयोजनाहरु आर्थिक विशृङ्खलताका कारण बेवारिसे अवस्थामा पुगेका हुन् । अर्बौं बजेट आवश्यक पर्ने पाँचथरका ४५ तथा ताप्लेजुङका ३६ वटा खानेपानी आयोजनाले अहिले बजेट अभावको समस्या भोगिरहेका छन् । ताप्लेजुङका आठराई त्रिवेणी, हप्पुखोला, तारेभिर, ढुङ्गेसाँघु, सिनाम, तेल्लोख, लेलेप, छुरेवानकेरे, फुङलिङ, साँघु, लिवाङ, कालीखोला, सिगेजालगायत खानेपानी आयोजनामा यस वर्ष बजेट शून्य छ । अन्य योजनामा आवश्यकताभन्दा ९० देखि ९५ प्रतिशत कम बजेट छुटिएको छ ।

याङवरक गाउँपालिका–१ र २ वडाका ३७६ घरपरिवार लाभान्वित हुने याङवरक खानेपानी आयोजनाको निर्माण प्रगति हालसम्म करीब १२ प्रतिशत छ । उपभोक्ता समितिका अध्यक्ष सूर्यमान बेघाका अनुसार यस वर्ष न्यूनतम एक करोड बजेट आवश्यक थियो । तर, चालु आवमा रु १२ लाख बजेट छुटिएको छ । गत आवमा करीब रु २० लाख लागतको निर्माण कार्य भएको यस आयोजनामा गत वर्ष सबै रकम भुक्तानी हुन सकेन । यस आवमा मात्रै पुरानो भुक्तानी दिन सम्भव भएको बेघाको भनाइ छ । करीब रु पाँच करोड ५० लाख कूल लागतको यो आयोजना सम्पन्न गर्न उपभोक्ता समिति आफैँले ट्याङ्की, पाइपलाइन, रिजर्भ ट्याङ्कीलगायत संरचना बनाइरहेका छन् । तर त्यसको बजेट निकासा भई उपभोक्ता समितिले भुक्तानी दिने समयको अझैसम्म टुङ्गो लागेको छैन । 

यस्तै, कतिपय स्थानमा पहुँचका भरमा बजेट सुनिश्चित नै नगरी नयाँ आयोजना निर्माण थाल्ने गरिएको छ । “एउटा योजना पूरा नभई नजीकैको अर्को योजना अगाडि बढाउन लागिएको छ । जसमा यस आवका लागि छुटिएको बजेटको आधा हिस्सा खर्च हुने सुनेको छु”, बेघाले भन्नुभयो, “यसरी त कहिले हाम्रा योजनाहरु पूरा होलान् र ?”

ठूला मात्रै होइन् कम लागतका आयोजनाको अवस्था पनि उस्तै छ । हिलिहाङ–५ मा सञ्चालित खाल्डेखोला–ढुङ्गाफुटे खानेपानी आयोजनाको कूल लागत करीब रु ३० लाख छ । उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र मङ्ग्रातीका अनुसार गत वर्ष करीब रु १० लाख लागतको निर्माण सम्पन्न भएको यस योजना थप करीब रु १८ लाख बजेट भए निर्माण कार्य पूरा हुन्छ । मुहानमा ट्याङ्की र पाइपलाइन निर्माण सकिएकाले बस्तीसम्म खानेपानी पुगेको छ । वितरणका लागि रिजर्भ ट्याङ्की र वितरणलाइन नहुँदा खानेपानी त्यसै खेर गइरहेको छ भने उपभोक्ता खानेपानी अभाव झेल्न बाध्य छन् ।

डिभिजन कार्यालयका प्रमुख सिंह स्थानीयस्तरबाट मागिएका योजनाअनुसार बजेट विनियोजन हुनुपर्नेमा प्रदेशबाट पहुँचका भरमा बजेट सुनिश्चित नगरी योजना वितरण गर्दा समस्या भएको बताउनुहुन्छ । निर्माण थालिएका आयोजना रोकिँदा आयोजना, उपभोक्ता र सरकारलाई नै घाटा लाग्ने उहाँको भनाइ छ । “लागत बढेर आयोजनाहरु पूरा गर्न कठिन पर्छ । निर्माणाधीन संरचनाको संरक्षण हुन सक्दैन्”, सिंहले भन्नुभयो, “यस हिसाबले निर्धारित समयमा कुनै पनि आयोजना पूरा गर्न सकिँदैन ।” निर्माण सम्पन्न हुन लागेका योजनाको पूर्णतालाई प्राथमिकतामा राखी चालु आवमा प्राप्त बजेटको प्रयोग भइरहेको उहाँले बताउनुभयो । रासस