१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो



representative image
अ+ अ-

पञ्जाब । सीमा सुरक्षा बलले यस बर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ ।

बीएसएफले भारतीय भूभागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति’ बनाएको बताएको छ ।
सेनाहरूले ड्रोन मार्फत लागुऔषधको तस्करी गरिरहेका तस्करहरूलाई पक्रेका छन् ।

हमा पोष्ट का अनुसार सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागुऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय वटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ ।

ड्रोन, लागुपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ ।“बीएसएफले लागुऔषध आपूर्तिमा कटौती गर्न तथा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन–पक्षीय रणनीति लागू गरेको छ ।

यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ ।

अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लङ्घन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान शुरु गरेका थिए । रासस