२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १६ औं बार्षिकोत्सव मानब सेवा आश्रममा



अ+ अ-

काठमाडौं : बिगत १६बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको “पुरानो फेसियल हाउस” – “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर” ले आफ्नो १६ औं बार्षिकोत्सब यसपाली पनि फरक ढंगले मनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औ बार्षिकोत्सब पौष १० गते काठमाडौँको गोंगबू टाउन प्लानिड अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद्धा असक्त आमाहरु र अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर मनाएको छ।

बिगत १६ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो र चौंथो तल्ला पसल नं -११८ र ४०१, बिजी मल,गोंगबू चौंथोतल्ला र बुद्धमल, बालाजु पहिलो तल्ला सहित चारवटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

देशको चरम आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रतक्ष्य असर पारिरहेकोमा “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर”का संरक्षक प्रकाश कुमार श्रेष्ठका दिदी अमेरिका कनेक्टिकट ब्राण्डफ्रोर्डराज्यबाट केहि दिन अगाडी परिवार साथ आफ्नो माईतीघर नेपाल आएकी स्व. ज्योती श्रेष्ठ करिब ९ दिन अगाडी हृदयघातबाट स्वर्गारोहण भएको कारणले गर्दा १६ औ बार्षिकोत्सवलाई फरक शैलीमा असाहय पिडित तथा अनाथ आश्रममा सहयोग गर्दै मनाईएको संरक्षक श्रेष्ठ बताउछन्।

उक्त अवसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै हाल ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र हजारौंलाई शिपमुलक तालिम दिईएको , आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दा सोर्ह (१६) बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा संरक्षक प्रकाश कुमार श्रेष्ठले उक्त अवसरमा बताए।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मीहरुबाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदैं आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिंड, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी दिइन्।