२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको कदम ठिक लागेर एमाले प्रवेश गरेंः उद्योगी राजेश अग्रवाल



अ+ अ-

काठमाडौंः नेपालका उद्यमी व्यवसायीहरु पछिल्लो समय एकाएक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्ने लहर बढेको छ ।

यही मेसोमा उद्योगपति राजेश कुमार अग्रवाल पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयेजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

भैरहवा निवासी ४९ वर्षिय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक समेत हुनुहुन्छ । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उहाँ हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएको जनाउँदै उहाँले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुभएकाले पार्टी प्रवेश गरेको बताउनु भएको थियो ।

“प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ,” उहाँले भन्नुभयो ।  

 




भर्खरै