२१ असार २०८३, आईतवार
,
Latest
दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ- भीम रावल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ ।

उहाँले स्पष्टिकरण आफूहरुले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरु अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने बताउनु भएको हो ।

त्यसको जवाफ ओलीले दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईले प्रतिनिधि सभा विघटन किन गर्नुभयो?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो?, तपाईले पहिल्यै असमान सन्धि समझौताहरु र एमसीसी जस्ता अनेकौं वितण्डाहरु अगाडि किन सार्नुभयो ? तपाईले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो ? जनताको जनादेशलाई तपाईले किन विखण्डित गर्नुभयो भनेर तपाई हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ, सोध्ने छन । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’

उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो । अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको बताउनुभयो ।

उहाँले भन्नुुभयो ‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईहरुले अनुशासन मान्नुभएन तपाईहरु केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनैपनि निर्णय हामी मान्दैनौं ।’