४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

छिचलियो सलीसल्लाको भिर : सडक सञ्जालमा हुम्लाका चार गाउँपालिका

छिचलियो सलीसल्लाको भिर : सडक सञ्जालमा हुम्लाका चार गाउँपालिका
अ+ अ-

हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले हुम्लाका चार गाउँपालिका छोएको छ । यसअघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोइसकेको थियो ।

कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्लाखण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भाग नेपाली सेनाको विकास निर्माण दलले छिचोलेको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्टानको लेवल मिलाउने, पर्खाल लगाउने र ग्याबिन भर्ने कामसमेत शुरु भएको छ ।
   
यहाँको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाबीच कर्णाली करिडोरअन्तर्गत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भिर छिचोलिएपछि जिल्लाका चार वटा गाउँपालिका जोडिएको छ । जिल्लाकै अतिअप्ठ्यारो र चट्टानैचट्टान भएको सो क्षेत्रको भिर नेपाली सेनाले डेढ वर्षमा छिचोल्न सफल भएको हो । सलीसल्लाको भिर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हाम्रो गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, विभिन्न खाद्य वस्तुदेखि भौतिक निर्माणका सामग्री सहज र सस्तोमा भित्राउन सकिने भएकोमा हामी खुशी छौँ, सेनालाई धेरैधेरै धन्यवाद ।”
   
अझै करिब ६०० मिटर लम्बाइ भएको सो भिरका चट्टान फुटाउन कामदारले शरीरमा डोरी बाँधेर काम गरिरहेका छन् । बीस मिटर चट्टान विष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भिरमा ट्रयाक खोल्ने कार्य पूरा भएको छ । 

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको सडकमध्ये कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको २७ किलोमिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण गरिरहेको छ । सो क्षेत्रमा चैतभित्र ट्रयाक खोलिसक्ने र असारसम्म गाडी गुडाउनयोग्य बनाइने सेनाले जनाएको छ । रासस