९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति पुटिन तयार

युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति पुटिन तयार
अ अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको सम्बन्धमा रुसको लक्ष्यलाई परिवर्तन नगरेको बताउनुभएको छ । “हामी लडाइँ जारी राख्नेछौँ र हाम्रो जे छ त्यसलाई छोड्ने छैनौँ”, उहाँले भन्नुभएको छ ।

यद्यपि सार्वजनिक रूपमा पुटिनले युक्रेनमा आक्रमण गरेको देखिए पनि ब्याक च्यानल कूटनीतिमार्फत उहाँले फरक सन्देश पठाइरहनुभएको छ ।

उहाँ युक्रेनमा युद्धविराम सम्झौता गर्न तयार हुनुहुन्छ। पुटिनले सेप्टेम्बरदेखि नै मध्यस्थकर्तामार्फत युद्धविराम चाहेको संकेत दिइरहनुभएको छ । उहाँले दिएको संकेतअनुसार अहिलेको सिमाना कायम भएकै अवस्थामा लडाइँ रोकिनेछ ।

न्युयोर्क टाइम्सले दुई पूर्ववरिष्ठ रुसी अधिकारी तथा क्रेमलिन र अमेरिका नजिक रहेका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एउटा रिपोर्टमा यस्तो दाबी गरेको हो।

रिपोर्टअनुसार यी दुवै अन्तर्राष्ट्रिय अधिकारीले पुटिनका मेसेन्जरबाट सन्देश प्राप्त गरेका छन् । मेसेन्जरमा युद्धविरामको इच्छा व्यक्त गरिएको छ ।

रिपोर्टमा पुटिनले एक वर्षअघि सन् २०२२ को अन्त्यमा पनि युद्धविराम सम्झौताका लागि आह्वान गर्दै सन्देश पठाउनुभएको दाबी गरिएको छ । रुसले कब्जा गरेको भूभागबाट आफू सन्तुष्ट रहेको र युद्धविरामका लागि तयार रहेको पुटिनले फेरि संकेत गर्नुभएको छ ।

रिपोर्टमा युद्धविरामसम्बन्धी वार्ता भएमा कब्जा गरिएका क्षेत्रहरू फिर्ता हुने वा नगर्ने कुनै संकेत दिइएको छैन। रिपोर्टले पुटिनले आफ्नो मन परिवर्तन गर्न सक्ने चेतावनी पनि दिएको छ।

युक्रेनलाई युद्धमा अमेरिकाले निरन्तर सहयोग गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई हरसम्भव सहयोगको घोषणा गर्नुभएको छ ।

अहिले अमेरिकामा पनि युद्धविरामको चर्चा भइरहेको छ । युक्रेनलाई अमेरिकाले जारी गरेको आर्थिक सहयोगमा धेरै संस्था र सर्वसाधारणले आपत्ति जनाइरहेका छन् ।

युक्रेन र रुसबीचको युद्ध भएको लगभग दुई वर्ष भइसकेको छ । फेब्रुअरी २०२२ मा रुसले छिमेकी युक्रेनमा आक्रमण गर्‍यो। त्यतिबेला यो युद्ध लामो समयसम्म नचल्ने र चाँडै नै रुसी सेनाले युक्रेनको अधिकांश भागलाई नियन्त्रण गर्ने भन्ने विश्वास गरिएको थियो।

यसको विपरित युक्रेनले लगातार रुससँग लडाइ र सामना गर्दै आएको छ। झण्डै दुई वर्षदेखि जारी युद्ध अझै अन्त्य हुने संकेत देखिँदैन ।