४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यस अन्तर्गत, बैंकले पौष ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो ।

यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा यहि पौष महिनामा शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पौष १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभुत विद्यालयमा पौष २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।