२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि माथि पोखरामा खोया प्रहार,बाचा सम्झेर घरमा सजाएर राख्छु: लामिछाने -भिडियो सहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पार्टीको कार्यक्रमलाई सम्बोधन गरिरहेका लामिछानेलाई एक युवकले खोया प्रहार गरेका थिए । खोया प्रहार घटनापछि प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै लामिछानेले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो -जतिसुकै प्रहार भए पनि, जतिसुकै षडयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्न चाहने नेता बन्न चाहन्छु ।

उहाँले भन्नुभयो, ‘अरुको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ । एउटै दु:खले मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुन्छ,’ मैले एकपछि अर्को पीर, दु:ख, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको छ । अब त नयाँ प्रहारहरु पनि सुरु भएको रहेछ । सुनाइदिनुहोला यो खबर । रवि लामिछाने तयार छ । नेपाली जनतालाई गरेको वाचा पूरा गर्न तयार छ।’

उहाँले आफू कुनै चिजबाट पनि पछि हट्नका लागि राजनीतिमा नआएको, देश र जनतालाई धोका दिनेगरी आफू राजनीतिमा नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै चिजबाट पछि हट्न म राजनीतिमा आएको हैन । राजनीति छाडेपछि सरकारले दिने लोभ र र्याल काढेर म आएको होइन ।’