२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीबाट कस्तुरीको बिना जस्तो देखिने वस्तु बरामद



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीले बाँकेमा कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमनाहस्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले बिहीबार कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ । यसको तौल ५ वटाको ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्न साथै आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने वस्तु फेला परेको हो । उक्त वस्तु आवश्यक अनुसन्धान कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको बताइएको छ ।