७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि एउटा धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ धक्का दिएर आफ्नो कार्यकालको दोस्रो वर्षको सुरू गर्ने बताउनुभएको छ।

शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको बताउदै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गर्नुभएको हो ।

आफ्नो क्रमभङ्गमा आम नेपाली जनताको साथको अपेक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को । र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’

नेपालमा धेरै सम्भावनाहरू रहेकोले जनतामा आत्मविश्वास जगाउने कामकोसुरुवात हुने बताउदै उहाँल भन्नुभयो, ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ । यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा । जनतामा आत्मविश्वास जगाउने कि निराशा ? हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’

प्रधानमन्त्रीले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन समेत आग्रह गर्नुभयो ।