४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

परराष्ट्रमन्त्री एनपी साउदको नाममा पत्र

परराष्ट्रमन्त्री एनपी साउदको नाममा पत्र
अ+ अ-

‘देशभित्र कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरु छन् । युक्रेन-रुस युद्धदेखि देशविदेशका भ्रमणमा व्यस्त छन् परराष्ट्र मन्त्री एनपी साउद ।

विदेशमा जहाँ पुगे पनि उनलाई पत्रकारले घेरिहाल्छन्, अब एनआरएनएको विवाद के हुन्छ ? मन्त्रालयले के गर्छ ? मन्त्री साउदले एउटै उत्तर दिन्छन् । पहिलो, ‘गत अक्टोवर महिनामा निर्वाचनमा पराजित समूहले जे सूचना दिएको छ, त्यही आधारमा यो चुनावमा अनियमितिता भएको भन्ने कुरा छ । पूर्वअध्यक्षहरु मिलेर अधिवेशन सारेका हुन् । फेरि कसरी सपथ लिइयो, आदि इत्यादि’ । अन्त्यमा भन्छन्, मन्त्रालयले प्रचलित नियम तथा कानून अनुसार गर्छ ।

कांग्रेस र माओवादीको एउटा समूहले गत अक्टोवरमा सम्पन्न निर्वाचनको परिणामलाई नमान्न दवाव दिएका कारणले चुनावमा अनियमितता भएको हो भन्ने शंका छ भन्ने उनी अभिव्यक्ति दिन्छन् । गैरआवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो, तर मन्त्रालयले संस्थाका आन्तरिक विषयमा तालुकदार भएकै कारणले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन् ।

‘निर्वाचनको प्रकृयामा प्रवेश गर्ने कुनै नैतिक र कानूनी आधार नै छैन’ भन्ने सर्वोच्चको फैसलाको नजिरमा उल्लेख छ । मन्त्रालयले दलीय दवावमा पत्राचार गरिहाल्यो भने पनि त्यो गैरकानूनी मात्र होइन, अदालतको मानहानि हुन्छ । एनआरएनए– कांग्रेस र परराष्ट्र मन्त्रालयको विवाद बुझ्न सन् २०२१ को एनआरएनए १० औं महाधिवेसनतिर फर्किनु पर्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार थियो । परराष्ट्र मन्त्री नारायण खड्का थिए ।

पैसा, सत्ता र शक्तिको प्रयोग गरेर एनआरएनए कब्जा गर्ने रणनीति कांग्रेसले लियो र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार कुल आचार्यलाई बनायो । आचार्यलाई जिताउन राज्य, पार्टीका सबै संयन्त्रहरु परिचालित भए ।

परराष्ट्र मन्त्रालयले पटक पटक हस्तेक्षप गरेर निर्वाचन भाँडिदियो । अदालतले मन्त्रालयका पत्रहरु अन्तरिम आदेशद्वारा खारेज गरिदियो । कांग्रेसले आफ्नो उम्मेदवारलाई स्थापित गर्न नसकेपछि तीन जना अध्यक्ष बनाउने बीचको बाटो खोजेर फेससेभिङ गरेर उम्क्यो । पार्टी, पुरै राज्य सत्ताको प्रयोग गरेर कांग्रेसले तीन अध्यक्ष मध्ये एक जनाको लागि ६ महिने कार्यकाल जित्यो तर संघको ११ औं महाधिवेसनसम्म गत अक्टोबर महिनासम्म आउँदा संघको नेतृत्वमा कार्यकारी अध्यक्षको रुपमा डा. बद्री केसी स्थापित भइसकेका थिए । डा. केसीकै नेतृत्वमा सर्वसम्मतबाट विधान संशोधन भयो ।

निर्वाचनका सबै प्रकृयाहरु सर्वसम्मतबाटै पूरा गरिए । माओवादीले आरके शर्मालाई उम्मेदवार बनायो । कांग्रेसले फेरि महेश श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनायो । डा. केसीले दलगत गुटभन्दा माथि उठेर समावेशी टिम बनाएर निर्वाचनमा होमिएका थिए । २४ जना निर्वाचित पदाधिकारी मध्ये १८ जना कांग्रेस समर्थक विजयी भएका थिए । श्रेष्ठलाई उम्मेदवार बनाउन पार्टीलाई उचाल्नेहरुले आरके शर्मालाई भोट दिए । कांग्रेस उम्मेदवार श्रेष्ठ तेस्रो भए । कांग्रेसले यो विषयलाई छानविनको दायराभित्र ल्याउनु पर्छ ।

निर्वाचन कांग्रेस–माओवादी र एनआरएनएबीच हुन पुग्यो । काठमाडौंमा बस्ने नेताहरुले राजनीतिक रुपमा संस्थालाई ध्रुवीकरण गर्न खोजे पनि केसी समूहलाई पराजित गर्न सकेनन् । सत्ताधारीहरुको लज्जास्पद हारको पीडाको छटपटि अहिले परराष्ट्र मन्त्री समक्ष पुगेको छ । निर्वाचनमा धाँधली भएको कुनै आधिकारिक प्रमाण सीआईबीले समेत दिन नसकेपछि अन्तिम अस्त्रको रुपमा परराष्ट्र मन्त्रीलाई प्रयोग गरेर संस्थाका थप विभाजन ल्याउने र, सकेसम्म विघटनसम्म लैजाने प्रयास हुँदैछ ।

धेरैको चासो अब परराष्ट्र मन्त्रालयप्रति छ । परराष्ट्र मन्त्रालयमा नयाँ सचिवको रुपमा सेवा लम्साल आएकी छन् । उनी अनुभवी कुटनीतिज्ञ समेत हुन् । विदेशमा रहेका ८० लाख नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघको बारेमा उनको मन्त्रालयले लिने निर्णयमा अवश्य पनि चासोको विषय रहने छ । यसअघि पटक पटक अदालतले संघको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु भनेर दिएको अदालतको आदेश विपरीत मन्त्रालय जान त्यति सजिलो छैन ।

यदि कुनै राजनीतिक दवावकै कारणले संघको नाममा अन्यथा पत्राचार गरिए छ भने परराष्ट्र मन्त्री एनपी साउदलाई तत्कलीन मन्त्री नारायण खड्कालाई जस्तै संस्था फुटाएको कालो टिका लगाएर मन्त्रालयबाट बाहिरिने अवस्था आउन सक्छ । अदालतको नजीर विपरीत मन्त्रीले काटेको पत्रलाई गैरआवासीय नेपाली संघले मान्नु पर्छ भन्ने हुँदैन । मन्त्रीको पत्र अदालतको निर्णयभन्दा माथि हुँदैन । यस्तो अवस्थामा मन्त्री स्वयम र मन्त्रालयलाई नौतिक संकट पर्न सक्छ । त्यसैले कांग्रेसबाट मन्त्री साउदलाई बचाऔं, मन्त्रालयदेखि एनआरएनए बचौं ।

– शर्मा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य हुनुहुन्छ ।