११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री
file photo
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताउनुभएको छ । उहाँले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धतासमेत जनाउनुभयो ।

रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभातर्फ एउटा मा निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वीरुकुमको हुकाम–मैकोटसम्मको सहिदमार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सांसद  पुनले जानकारी दिनुभयो । सो सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रको चरणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकाबारे प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम बाँकी रहेकाले त्यसको प्रबन्ध मिलाइदिन माग गरिएको प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मतसम्भार नगरेका कारण कालोपत्र भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढालगायत प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।  रासस