११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ: सभामुख

टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ: सभामुख
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताउनु भयो । उहाँले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नुपर्‍यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरु होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभुत समाधान हुन्छ । कसैलाई जिम्मेवारी पन्छाएर होइन की यो जिम्मेवारीलाई पूरा गर्न मेरो भुमिका के हुन्छ भन्नेकुरा राजनीतिक दल, सांसद र संसदले र अहिलेको यसलाई कार्यान्वयन गर्नपर्ने बाधा अफ्ठ्याराहरु के हुन् ? सरकारले यी सबैकुरा सोचेर यसको टुंगोमा पुग्नुपर्छ । जहाँसम्म समयसमयमा विधेयकहरु आउने, व्यापक रुपबाट विधेयकहरु छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरुको जिम्मेवारीमाथि भर पर्छ । अहिले हामीले यो कुरामाथि चर्चा गरिरहँदाखेरी हिजो के भएको थियो, को पीडित थियो, को पीडक थियो, कसलाई कति घाटा र कसलाई कति नाफा भयो । हिजोको आँखाले हेरेर अहिलेको दायित्व पूरा हुँदैन । हिजो त एउटा नहुनु, न व्यहोर्नुपर्ने, एउटा परिस्थिति हामीले व्यहोरेर आयौँ । त्यो विगत भयो । अब अहिले भएको स्थितिबाट अघि जानको लागि यसमा पीडित पक्ष र पीडक पक्ष र अब आउनसक्ने दिनहरुमा राष्ट्र निर्माण गर्नको लागि हाम्रो मानव जीवनलाई जीवनउपयोगि बनाउनका लागि, समाजलाई शान्तिपूर्ण ढंगबाट अघि लैजानको लागि हाम्रो दायित्व पूरा गर्दै देशलाई समृद्ध बनाउँदै जीवनलाई सुखी बनाउनका लागि अब हामी कसरी जाने ? हिजो व्यहोरेर आयौँ, हामीले सारा कुराहरु हिजोका डरलाग्दा दिनहरुलाई टुंग्याएर यो ठाउँमा पुग्यौँ ।’

‘तर अब रहेका तुषहरुलाई कसरी समाधान गर्न सकिन्छ ? त्यसमा हिजोको आँखाबाट होइन, अब के गर्नुपर्छ भन्ने आँखाबाट विगतका कुराहरुलाई गर्न सकिने राहत, मलमपट्टी, सहयोग, परिपूरण के गर्न सकिन्छ ? कतिसम्म गर्न उचित हुन्छ ? यो कुराप्रति जिम्मेवार भएर सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञ सबैले अब यसलाई ढिलो नगरी टुंग्याउनुपर्छ । सरकारले संसदमा अहिले शान्ति स्थापना गर्नको लागि टिआरसी विधेयक प्रश्तुत गरेको छ । त्यसलाई प्राथमिकताकासात छलफलमा राख्न सभामुखको नाताले दिनुपर्ने प्राथमिकता, खेल्नुपर्ने भुमिका मैले खेलेको छु । त्यसलाई प्राथमिकतामा लैजाने सन्दर्भमा पनि करिवकरिव टुंगिएर पनि केही केही विषय टुंगिन बाँकी छ । यो टुंग्याउनको लागि निश्चय पनि पार्टीहरुको भुमिका त हुन्छ नै तर अहिले हाम्रोमा परिपाटी के छ भने पार्टीका शिर्ष नेताहरुले सहमति गरे हुन्थ्यो भन्नेछ । म के भन्छु भने सांसदहरुले यसमा जिम्मेवार भएर यसमा सही अडान र दृष्टिकोण राखेर यसको समाधान यसरी गर्नुपर्छ, यो ऐनलाई यसरी पारित गर्नुपर्छ, नत्र यो विधेयकमाथि नमिलेका बुँदालाई यसरी गर्नुपर्छ भनेर घनिभुत रुपबाट छलफल गर्ने र नेताहरुबाट पनि सहमति खोज्ने काम गर्नुपर्छ । यसलाई अमुकअमुक नेताहरुको अघि सारेर मात्रै सम्भवत: यो नटुंगिन सक्छ । त्यसैले यसलाई टुंग्याउनको लागि मान्य सांसदहरु, अहिले समितिमा हुनुहुन्छ, त्यहीँ टुंग्याउन कोशिस गर्नुपर्छ, समितिपछि चाँडै संसद चल्नेछ, संसदको पूर्ण बैठकमा त्यसलाई लगेर पनि छलफल गरी टुंग्याउनुपर्छ । यो टुंग्याउँदा सही ढंगबाट ल्याइसकेको निस्कर्षमा सम्भव हुन्छ सबैको साझा समस्या हो, सर्वसम्मतिले टुंग्याउने कोशिष गर्नुपर्छ, सर्वसम्मत हिसावबाट टुंगिँदैन भनेपनि यसलाई लामो राखेर लैजानु हुँदैन की प्रक्रियासंगत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्ने योजना र आँटका साथ जानुपर्छ ।’

सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताउनु भयो ।