६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैन: प्रधानसेनापति शर्मा



अ+ अ-

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताउनुभएको छ ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताउनुभएको हो । नेपाली सेनाका तत्कालिन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताउनुभएको हो । उहाँले आफुहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पार्नुभएको हो । उहाँले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका बताउनु भयो । उहाँले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरुको अगाडी गिराउन खोज्ने यो गिरोहको काम हो । विवाद मात्रै ल्याएर हुँदैन । ति विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुपर्‍यो । जे पनि बोल्न पाइने । जे पनि भन्न पाइने । उनीहरुलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि । यि पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बर्बाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानून हुनुपर्‍यो । नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठिक भन्दैन । पत्याउँदैन ।’

प्रधान सेनापति शर्माले विवाद ल्याउनेहरु गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताउनु भयो । जसलाई जे मन लागेपनि बोल्न पाइने भएकाले यस्ता विवादहरु निकालिने गरेको उहाँको भनाई छ ।