२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

युरोपेली देशका विदेशमन्त्रीहरु लिबियामा

युरोपेली देशका विदेशमन्त्रीहरु लिबियामा
अ अ+ अ-

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 सो समाचारमा इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेशमन्त्री हाइको मास त्रिपोली पुग्नुभएको जनाइएको हो । 

उहाँहरुले बिहीबार लिबियाको पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी लिबियामा कूटनीतिक उपस्थितिका विषयमा पनि आवश्यक कुराकानी भएको समाचारमा जनाइएको छ । 

बिहीबार उहाँहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नुभएको थियो । उहाँहरुका साथमा लिबियाका विदेशमन्त्री पनि रहनुभएको पनि समाचारमा जनाइएको छ । उहाँहरुले बिहीबार नै लिबियाका प्रधानमन्त्री अब्दुल हमिद डिबेहसँग भेटवार्ता गर्नुभएको थियो ।

 उहाँसँग त्यस भेटवार्ताका क्रममा अवैध रुपमा लिबियाबाट अवैध रुपमा बाहिर जाने गरेका र लिबिया पुग्ने गरेका आप्रवासीहरुका विषयमा कुराकानी भएको लिबिया सरकारको सूचना विभागले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको बताइएको छ ।

 त्यस विज्ञप्तिमा लिबियाका विषयमा युरोपेली देशहरुको धारणका साथसाथै लिबियाको विकासका लागि आगामी दिनमा युरोपका देशहरुले के कस्तो विषयमा सहयोग र परामर्श अघि बढाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

 यसका साथै लिबियाको आगामी आमनिर्वाचनका विषयमा पनि सो क्रममा कुराकानी भएको थियो । प्रधानमन्त्री डिबहीसँग लिबियामा यसै वर्षको अन्त्यतिर हुन लागेको निर्वाचनका विषयमा पनि तीन युरोपेली देशका विदेशमन्त्रीहरुले आवश्यक छलफल गर्नुभएको बताइएको छ । 

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेशमन्त्रीहरुले यो भ्रमण र भेटवार्ता युरोपका देशहरुले लिबियामा सहयोग गर्न चाहेको विषयमा सन्देश पनि भएको बताउनुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

 युरोपका ती देशहरु लिबियामा शान्ति र स्थायित्वका लागि सहयोग गर्न चाहेको र आगामी दिनमा पनि यसै विषयमा सहयोग अघि बढाउन इच्छुक रहेको पनि उहाँहरुले जनाउनुभएको थियो । 

उहाँहरुले भन्नुभएको थियो कि लिबियामा शान्ति र स्थायित्व आवश्यक छ र यसका कारणले लिबियाका अरु छिमेकी देशहरुमा पनि लिबियाको स्थायित्वले सहयोग पुर्याउने छ । लिबियामा हालैमात्र नयाँ सरकार गठन भएको छ ।

 संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र नयाँ सरकार गठन भएको हो । सो सरकारको काम आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ ।
 
लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो । यस सरकारले आगामी डिसेम्बर २४ का लागि आह्वान गरिएको आम निर्वाचन सम्पन्न गराउने भएको हो । रासस/सिन्ह्वा