२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको जिकिर: नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ ।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उहाँले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गर्नुभएको हो । मंगलवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताउनु भयो । उहाँले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्‍याउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘हामी देशमा आन्दोलनको आँधिबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राज संस्थालाई स्थापना गर्नसक्छौं भन्ने मलाई लाग्छ । यही कारणले गर्दाखेरी भ्रष्ट व्यवस्थाका सम्वाहकहरु अहिले आत्तिएका छन । अत्तालिएका छन् । आतंकित भएका छन् । र अनेक किसिमका भ्रमहरु सृजना गरिरहेका छन । म हरेक दिन आफूलाई प्रमुख भन्ने राजनीतिक दलका नेताहरुको अभिव्यक्ति सुनिराखेको छु । उनीहरुमा त्यो चिन्ता र त्रसित मानसिकता देखिन्छ । उनीहरु भ्रम सृजना गरिराखेका छन कि लोकतन्त्र समाप्त पारेर निरंकुशतन्त्र हावी गराउन खोजिएको छ ।’

‘गणतन्त्रलाई समाप्त पारेर राजाको निरंकुशतालाई स्थापना गर्न खोजिएको छ । हिन्दु राष्ट्र स्थापना गरेर अरु धर्महरुलाई थिचोमिचो गर्ने, दवाउने काम गर्न खोजि आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई प्रष्ट पार्न चाहन्छु । भ्रम सृजना गर्न खोजिएको छ । म आज यही कार्यक्रमको माध्यामबाट –प्रजातन्त्र भन्नुस् वा लोकतन्त्रको विकल्प छैन । यो वास्तविकतालाई हामीले बुझेका छौं । त्यसैले हामीले स्थापना गर्न खोजेको प्रजातन्त्रलाई समाप्त पारेर निरंकुशतन्त्रलाई होइन, हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र । जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ । अहिलेको जस्तो छाडातन्त्र होइन । उहाँहरुले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नुभएको छ । यो छाडातन्त्र हो, मनपरीतन्त्र हो । यो सिन्डीकेट र भ्रष्टतन्त्र हो ।’

अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्‍याएको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गर्नुभएको थियो ।