२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पहिलो पटक गाउँमा बस पुग्दा फुलमालाले स्वागत : सञ्चालनमा समस्या

पहिलो पटक गाउँमा बस पुग्दा फुलमालाले स्वागत : सञ्चालनमा समस्या
अ अ+ अ-

–दाने बोहरा  

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीयवासी खुशी भएका छन् । भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका हुन् । स्थानीयवासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फुलमालाले समेत स्वागत गरेका छन् ।

जिल्लाको चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले गत फागुन १८ गते अदानचुली, ताँजाकोटलगायतका नागरिकलाई ल्याएर बस सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो । यसभन्दाअघि हुम्ला र बाजुरामा बोलेरो जीप सञ्चालन भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको यात्रुबस पुग्दा गाउँगाउँमा खुशीयालीसँगै फूलमाला र अबिर जात्रासमेत गरे तर उक्त जात्रा बोलेरो जीपको एकाधिकार तोडिदिएको छ ।

गत मङ्सीर २७ गते हुम्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् छक्कबहादुर लामासहित जिल्लाका उच्चपदस्थको टोलीले अनुगमन गरेपछि विधिवत्रुपमा बाजुराको धुलाचौरदेखि हुम्ला सर्केगाडको बालुकुनासम्म सडक सञ्चालन गर्ने निर्णय गरेसँगै त्यसको ठीक ३० दिनपछि पुस २८ गते सार्वजनिक यातायात व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको अध्यक्षतामा धुलाचौरमा बसेको बैठकले यात्रुबाहक जीप १२ वटा र मालबाहक मझौला ट्रक चार वटा सञ्चालन गर्ने निर्णय ग¥र्यो तर ठूला बस सञ्चालन गर्ने नगर्ने निर्णय भने गरेको थिएन ।
    
त्योसँगै धुलाचौरबाट ताँजाकोट, अदानचुली बालुकुनासम्मका लागि बाजुराका यातायात प्रालीले १२ वटा जीप सञ्चालन गर्न थाले । त्यहाँ जुन अगाडि पुग्यो उही जीपको नम्बर लाग्ने गरेपछि जीप धेरै यात्रु थोरै हुँदा जीप धुलाचौरमै एक÷दुई दिन बस्न थाले । यात्रु नपाएर जीप त बसिरहेका अवस्थामा ३० सिट भएको यात्रुबाहक बस आउँदा जीप मालिकले उक्त बसलाई पनि हामीकै नम्बरकै आधारमा हिँड्नुपर्ने नभए चल्न नदिने भन्दै धेरै दिन चल्न दिएनन् । 
    
उता बस मालिक दन्तबहादुर शाहीले भन्नुभयो, “यात्रु भए पनि नभए पनि दैनिक दिन बस सञ्चालनमा आउने छ । बस सञ्चालनमा आउन थालेपछि ती जीपले यात्रु नै नपाउने भएपछि जीप मालिक मर्कामा पर्न थाले । त्यसपछि बसलाई ठप्प गर्ने निर्णय गरे त्यसभन्दापछि बसलाई चल्न दिएनन् यदि चल्ने हो भने हामीको जस्तै नम्बरका आधारमा चल्नुपर्ने भन्दै ठप्प गरे ।

यता धुलाचौरमा चार वटा यातायात प्राली सञ्चालनमा भए पनि उनीहरुले प्रतिस्पर्धाका आधारमा नभई मिलेर एकपछि अर्को जीप छुट्ने रुटिङअनुसार चल्न थालेपछि यात्रुलेसमेत सास्ती खेप्नुपर्ने बाध्यता छ । जीप धेरै छन् एक बस पनि सञ्चालनमा छ तर पनि कोल्टीबाट आएका नागरिक बाध्य भएर धोलाचौरमा एक-दुई दिन बस्नैपर्ने बाध्यता रहेको छ ।

उक्त बसलाई धुलाचौर चल्न नदिने भए पनि बस घाटामा गइरहेको छ, केही दिनअघि मात्र नेपाली सेनाले बालुकुनादेखि सलीसल्लासम्मको सडकको सामान्य बाटो खुलेपछि उक्त ३० सिट भएको यात्रुबाहक बस नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोरको अन्तिम पोइन्ट सलीसल्लामा पुगेपछि त्यहाँ स्थानीय नागरिकले बाजागाजासहित स्वागत गरेका छन् । कर्णाली प्रदेश ००६ ख ०४०२ को बस चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले आफ्नै जन्म स्थानमा यात्रुबाहक बस पुर्‍याए पनि बस सञ्चालनमा समस्या भएको सञ्चालक शाहीले गुनासो गर्नुभयो । 

यसअघि गाउँमा रिजर्भ गरी साना सवारी साधन चल्ने गरेको थियो । सडक स्तरोन्नती गरेर गाउँघरलाई शहरसम्म जोड्ने प्रयास गरिएको बताइएको छ । “ठूलो काम त यो होइन तर सजिलो पनि छैन । पहिलो पटक यात्रुबाहक बस गाउँमा ल्याइयो अब नियमित गर्ने प्रयास गर्छौ” शाहीले भन्नुभयो, “जनप्रतिनिधि र स्थानीयवासीको माग आएकाले वस सेवा सुचारु गरिएको छ तर बस सञ्चालनमा अहिले पनि धेरै समस्या देखिएको छ ।”