काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ। रविभवनमा जारी उक्त बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चुलिएको छ ।
यता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बालुवाटारमा दिउँसो ३ बजे संसदीय दलको बैठक डाक्नुभएको छ ।











