२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (फोटोफिचर)



मध्यपुर ठिमीको दुई पोखरीको फोहोर पानी ।
अ+ अ-

प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् ।

समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । तर प्रकृतिको दोहन बिस्तारै बढीरहेको छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकुल वातावरण दिन भनेर अनेक प्रतिवद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन ।

जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । आजभोलि प्रकृति कुपित छ–बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले तयार पारेको प्रकृति दोहनसम्बन्धी यी तस्बिरहरु ।

प्रदुषित वागमती ।
धोविखोलाको प्रदुषण ।
देविचौर बन क्षेत्रमा अबैध खानीले ढुंगा उत्खनन गरेपछि ।
कान्तिलोकपथको काल्चेमा उडेको धुलो ।
नख्खु करिडोर निर्माणपछि कुलोमा परिणत खोला ।
ललितपुरको एक इटा भट्टामा उडेको धुलो ।
ढुकुछापमा बालुवा निकालेपछि ।
धुलिखेलमा पहाड खोतल्दै डोजर ।
झरुवाराशीको इटा भट्टाले माटो निकालेपछि
फर्सीडोल बस्ती र इटा भट्टा ।
बडिखेलको जग्गा प्लटिङ र बर्षे झरिपछि पहिरो ।
चापागाँउमा डाँडा भत्काएर प्लटिङ गरिदै