२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया



अ+ अ-

भरतपुर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

गत कात्तिकमा तीन हजार सात सय ९८ सुत्केरी भएकामा एक हजार छ सय ७६ को शल्यक्रिया गरिएको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७६/७७ मा १२ हजार छ सय ३२ सुत्केरी भएकामा तीन हजार छ सय ३३ को शल्यक्रिया गरिएको छ । यो तथ्याङ्क २८ दशमलव ७६ प्रतिशत हो । सो वर्ष आठ हजार सात सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरिएको थियो ।

आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा छ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो । सो वर्ष नौ हजार नौ सय ७० सुत्केरी हुँदा तीन हजार तीन सय ९९ को शल्यक्रिया गरिएको थियो । त्यसपछि आव २०७८/७९ मा १२ हजार दुई सय २१ सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उहाँले बताउनुभयो । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उहाँले भन्नुभयो, “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताउनुभयो । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उहाँको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा एक सय चार शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । रासस